राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल  |   Raprapa Prajatantra Party Nepal

हाम्रो बारेमा

राष्ट्रिय एकताअखण्डता र सार्वभौमिकताको रक्षा गर्न,

सबै धर्म प्रति सदभाव र समभाव राख्दै, सबै धर्मका बिच सहकार्य गर्दै, पूर्ण धार्मिक स्वतन्त्रताको मान्यता प्रति प्रतिवद्ध रहँदै तथा सनातन हिन्दुराष्ट्रको मान्यता प्रति आस्था राख्दै परम्परादेखि चलि आएको सनातन धर्म संस्कृति, मुल्यमान्यता र परम्पराको सम्वर्द्धन गर्न,

बहुलवादको मान्यतामा आधारित समावेशी प्रजातन्त्रलाई सुदृढ तुल्याउन,

स्वतन्त्र र निष्पक्ष न्यायप्रणालीको आधारमा कानुनी राज्यको अवधारणा कार्यान्वयन गर्न

सामाजिक न्याय र समानताको सिद्धान्तमा आधारित उदार अर्थतन्त्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माणमा योगदान पुराउन

राष्ट्रवादी नेपाली जनताहरूको एक साझा संगठनको आवश्यकता महसुश गरेर संविधानको परिधिभित्र रही राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको स्थापना, संचालन तथा  व्यवस्थापनलाई प्रजातान्त्रिक, समावेशी, स्वच्छ, विश्वसनीय र पारदर्शी बनाउनको निम्ति २०७८ फागुन ७ गते पुन जागृत भएकाे हाे ।

नेपाली जनताका न्युनतम चाहानाहरु

१. सबैले पढ्न पाउनु पर्दछ ।
२. सबै स्वस्थ रहनुपर्दछ ।
३. सबैले पेटभरी खान पाउनुपर्दछ ।
४. सबैले सीपअनुसारको रोजगारी पाउनुपर्दछ ।
५. सबैलाई सुरक्षित बासको सुनिश्चितता हुनुपर्दछ ।

(१) नेपाली समाजमा विद्यमान धार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक, जातीय एवं वर्गीय विविधताको सम्मान र संरक्षण गर्दै राष्ट्रिय एकता सृदृढ तुल्याउने,
(२) सबै धर्मका बीचमा सदभाव, सहअस्तित्व, समानता र पूर्ण धार्मिक स्वतन्त्रताको मान्यता कायम गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको स्थापना गर्ने,
(३) अखण्ड नेपालको भावनालाई आत्मसात गर्दै नेपालको भौगोलिक सिमाना एवं राष्ट्रिय अखण्डताको रक्षा गर्ने,
(४) नेपालको आन्तरिक मामिलामा कुनैपनि राष्ट्रको थिचोमिचो र हस्तक्षेप हुन नदिने तथा राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानको संरक्षण गर्ने,
(५) सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रताको अवधारणालाई आत्मसात गर्दै परम्परादेखि प्रचलनमा रहेको सनातनधर्म (हिन्दु, बौद्ध, किराँत तथा प्रकृति पूजन) संस्कृति, परम्परा एवं मूल्यमान्यताको संरक्षण र सम्बद्र्धन गर्ने,
(६) उदार अर्थनीतिको अबलम्बन गर्दै प्रत्येक नेपाली जनताको जीवनस्तर माथि उठाउने, गरीबी हटाउने तथा नेपालको समग्र आर्थिक बिकासमा योगदान पु¥याउने ।
(७) समाजमा विद्यमान सबैप्रकारका विभेद, छुवाछुत र असमानताको अन्त्य गर्ने,
(८) राज्यका सबै अंगमा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चत गर्ने,
(९) भ्रष्टाचारमा शुन्यसहनशीलता कायम गरी देशमा सुशासन कायम गर्ने,
(१०) मानव अधिकार र मानवीय मूल्यलाई राज्य संचालनको आधार बनाउने,
(११) कानुनी राज्यको सिद्धान्तको पूर्ण पालना गर्ने र गराउने,
(१२) असंलग्नता, पंञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रप्रति प्रतिवद्ध रहँदै विश्वका सबै मुलुकहरूसँग शान्ति र मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्ने ।

सर्वोपरी साध्यः राष्ट्रियता

नेपालको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राप्रपा नेपालले ”राष्ट्रियता”लाई सर्वोपरी साध्यकारुपमा आत्मसात गर्दछ   ।

अपरिहार्य आधारः समावेशी प्रजातन्त्र

बहुलवादको सिद्धान्तमा आधारित समावेशी प्रजातन्त्र नै राष्ट्रनिर्माण र सामाजिक, साास्कृतिक र आर्थिक उत्थानको अपरिहार्य आधार हो भन्ने मान्यतामा राप्रपा नेपाल बिश्वास गर्दछ । 

आदर्श पुरुष र मार्गदर्शक सिद्धान्त

राप्रपा नेपालले राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई आदर्श पुरुषका रुपमा सम्मान गर्दछ तथा राष्ट्रनिर्माताको “दिव्य उपदेशलाइर्” मार्गदर्शक सिद्धान्तकोरुपमा ग्रहण गर्दछ ।

बैचारिक दर्शनः सम्बद्र्धनवाद

सनातन वैदिक मूल्य, मान्यता र चिन्तनमा आधारित ”सम्बद्र्धनवाद” राप्रपा नेपालको बैचारिक दर्शन हुनेछ । सनातनधर्म, संस्कृति, मर्यादा, परम्परा, संस्थाहरुको संरक्षण र सम्बद्र्धनको संगसंगै राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ तुल्याउंदै सबल र समृद्ध राष्ट्रनिर्माण गर्ने अवधारणालाई “सम्बद्र्धनवाद” भन्न खोजिएको हो । “सम्बद्र्धनवाद” नेपालको वीरतापूर्ण र गौरवशाली इतिहासको जगमा नेपालको राष्ट्र्रिय स्वतन्त्रता, एकता र सार्वभौमिकता सुदृढ तुल्याउने सोच र चाहनाको परिणाम समेत हो । “सम्बद्र्धनवाद” परिवर्तनकारी शक्ति र बिचारका साथै यिनीहरु बिचको सामञ्जस्यता र सहकार्यको अग्रगामी, प्रगतिशील र मध्यमार्गी बिचारधारा हो ।

व्यक्ति, परिवार, समाज र राष्ट्र निश्चित मूल्य र मान्यताको जगमा खडा भएका हुन्छन् । कुनै पनि परिवार, समाज वा देश शुन्यमा खडा भएको हुंदैंन । प्राचीनकालदेखि नेपाली समाज र राज्यव्यवस्था सनातनधर्म, संस्कृति र परम्पराको धरातलमा खडा रहेको तथा चल्दै आएको तथ्य सर्वविदितै छ । सम्बद्र्धनवाद त्यहि धरातललाई सुदृढ बनाउने मान्यता हो । सम्बद्र्धनवाद नितान्त नवीन अवधारणा होईन । यो नेपाली समाज र राज्यको अस्तित्वसंग गाँंसिएको प्राचीन र मौलिक दर्शन हो । नेपालको परिवर्तित राजनीतिक र सामाजिक परिवेश एवं जनचाहनाको पृष्ठभूमीमा सम्बद्र्धनवादलाई सहमति र सम्झौताको साझा र मध्यमार्गी बैचारिक बाटोको रुपमा बिकास गर्न खोजिएको छ । 

“असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मामृतं गमय ।।” को मान्यता सम्बद्र्धनवादको आदर्श हो ।
सम्बद्र्धनवादको दर्शनले मुख्यतया देहायबमोजिमका मान्यताहरुलाई आत्मसात गर्दछ ः
(१) राष्ट्रप्रेम र देशभक्तिको भावना
(२) निरन्तरतासहितको परिवर्तन
(३) सनातन वैदिक मूल्य र मान्यता
(४) उदार, एकात्मक र समन्वयात्मक मानवतावाद
(५) सनातन धर्म, संस्कृति, परम्परा र हिन्दुराष्ट्रको मान्यता
(६) विविधतामा एकता
(७) सामाजिक न्याय र समानता
(८) जनताको सर्वोच्चता एवं समावेशी प्रजातन्त्र
(९) लोककल्याणमा आधारित उदार आर्थिक नीति
(१०) वर्ग समन्वय एवं शोषणरहित समाज
(११) सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली

कमल थापा

अध्यक्ष



सहयोग

खाताको नामः RPP Nepal
राष्ट्रिय वाणिज्य बैँक
शाखा कार्यालयः बौद्ध काठमाण्डौ
खाता नं. १८८०१०००००११९००१

सम्पर्क कार्यालयः काठमाण्डौ
फोन नंः ०१-५९११५५५, ९८५१०००८०५

Border Vector Top Right border vector Top Left border vector Bottom Right border vector Bottom Left search call phone map marker whatsapp Forward Mail envelope Long Arrow Thunder Quote Facebook Instagram Twitter YouTube linkedin google plus pinterest user heart bag wallet Visa Card Master Card American Express Union Pay Home Attachment Document Calendar Camera Review Question Info measuring machine